पुनर्कर्जालाई थप व्यवस्थित बनाइँदै, राष्ट्र बैंकले तयार पार्‍यो कार्यविधी

पुनर्कर्जालाई थप व्यवस्थित बनाइँदै, राष्ट्र बैंकले तयार पार्‍यो कार्यविधी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले पुनर्कर्जालाई थप व्यवस्थित बनाउने भएको छ । राष्ट्र बैंकले पुनर्कर्जा सुविधालाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन पुनर्कर्जा कार्यविधीको मस्यौदा तयार गरेको छ ।

राष्ट्र बैंकले तयार पारेको सो कार्यविधीमा पुनर्कर्जालाई ३ वर्गमा वर्गीकरण गरेको छ । सो कार्यविधी अनुसार उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाका लागि प्रदान गरिने पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा वर्गिकरण गरिएको छ भने बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनर्कर्जालाई विशेष पुनर्कर्जा मानिने छ ।

यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनर्कर्जाहरू पर्नेछन् । सो कार्यविधी अनुसार ३ देखि ५ प्रतिशतसम्म ब्याज लिन पाइनेछ । लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा बैंकहरुले ऋणीबाट ५ प्रतिशत व्याज लिन पाउने छन् । विशेष पुनर्कर्जामा तीन प्रतिशत र साधारण पुनर्कर्जामा ५ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा १० करोड हुने सो कार्यविधीमा भनिएको छ । यस्तो पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्ने रकमको ७० प्रतिशतभन्दा बढी नहुने कार्यविधीमा उल्लेख छ । कार्यविधीका अनुसार बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने साधारण पुनर्कर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुनेछ । यस्तो पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुनेछ । त्यस्तै, लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनर्कर्जा रकम कुल पुनर्कर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी नहुने सो कार्यविधीमा भनिएको छ ।

[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/punarkarja-karyabidhi.pdf&

Skip This
Skip This
Logo