सानो पर्दा, ठूलो दुःख

सानो पर्दा, ठूलो दुःख

केन्द्रबिन्दु
0
Shares

भारतीय टिभी सिरियलका सहयोगी कलाकारहरु काम बन्द भएपछि खराब स्थितिमा, केहीले जीवन गुमाए भने केहीले सबै बेचेर बाँचे ।

एजेन्सी । “टुटेका सपनाहरुले मेरो आत्मविश्वास मार्यो” यीनै शब्दहरु लेख्दै संसारबाट अलविदा भइन्, २५ वर्षिया भारतीय टिभी अभिनेत्री प्रेक्षा मेहता । तर, यसरी जाने उनी मात्र होइनन् टिभी उद्योगसँग जोडिएका धेरै कलाकारहरुको कथा यस्तै छ ।

भारतमा जारी ६९ औँ दिनको लकडाउनले धेरै टिभी कलाकारहरुको सपनाहरु भंग गरेको छ । उनीहरु आफ्नो अस्तित्वका साथै गुजारा चलाउँनका लागि चिन्तित भएका छन् । त्यस्तै, उनीहरुले भविष्यमा समेत काम पाउने वा नपाउँने कुरामा झनै चिन्तित छन् ।  तिनै कलाकारहरु हुन् जसले उद्योगमा राम्ररी पहिचान बनाएका छैनन् । जो अभिनयबाट संसारमा नाम कमाउने सपना लिएर भारतका विभिन्न ठाउँहरुबाट मुम्बई आइपुगेका छन् ।

उनीहरुको यस मायानगरीमा आफ्नै घर छैन । उनीहरु भाडा तिरेर बस्छन् । लकडाउनका कारण आज उनीहरुसँग भाडा तिर्न पैसा पनि छैन । यसै बीच केही घर फर्केका छन् त केही आर्थिक संकटको सामना गर्न आफ्नो कारसम्म बेच्न बाध्य भएका छन् ।

कीर्ति चौधरी:

“मुम्बईमा बस्न सजिलो छैन । यहाँ धेरै महंगो छ , यस्तो परिस्थितीमा खर्च उठाउँनका लागि अब म सँग हिम्मत छैन।” ‘हमारी बहु सिल्क’ र ‘बोले तो सही’ जस्ता शोमा अभिनय गरिसकेकी अभिनेत्री कीर्ति चौधरी दुई वर्ष अघि एक सफल अभिनेत्री बन्ने इच्छा बोकेर इन्दौरबाट मुम्बई आएकी थिइन् । तर, लकडाउनले उनको सपनाको उडानलाई रोकिदियो र उनी आफ्नो घर इन्दौर फर्किइन् ।

कीर्ति भन्छिन–‘मैले मुम्बईमा घर खाली गरेकी छु । कामै नभए पछि घर भाडा कसरी तिर्ने ? मुम्बईमा बस्न सजिलो छैन । यहाँ धेरै महंगो छ । यस्तो परिस्थितीमा खर्च उठाउँनका लागि अब म सँग हिम्मत छैन । म सँग कुनै बचत छैन । यो लकडाउन कहिले अन्त्य हुन्छ थाहा छैन । फेरि कहिले काम पाउँछु ? त्यहीमाथि ईण्डस्ट्रीमा पनि नेपोटिज्म छ ।
‘हाम्रो मेहनतलाई सफलतामा बदल्न वर्षौ लाग्छ । ठूला व्यक्तिहरुबाट कुनै सहयोग आउँदैन । हामी एक अर्कालाई सहयोग गरी रहेका छौँ । तर, यो कहिलेसम्म चलिरहन्छ ? मसँगै अन्य धेरै कलाकारहरु र टोली सदस्यहरु धेरै तनावका साथ संघर्ष गरिरहेका छन् ।’ कीर्तिले भनिन् ।

शिवानी चक्रवर्ती :

“अभिनेत्री बन्न सजिलो छैन । पर्दामा पुग्ने प्रक्रिया धेरै लामो छ । फेरि त्यहाँ पुगे पनि पारिश्रमिक पाउँन महिनौं लाग्छ ।” ‘अजब–गजब घर जमाई’ र ‘तारक मेहताका उल्टा चश्मा’ टिभी सिरियलमा काम गर्ने अभिनेत्री शिवानी चक्रवर्ती विगत नौ वर्षदेखि मुम्बईमा काम गरी रहेकी छिन् ।

उनले ‘निमकी मुखिया’ (२०१७–२०२०) बाट पहिचान मिल्न सुरु भएको महशुस गर्न थालिन् । उनी अब पछाडि फर्केर हेर्नु पर्दैन सोच्दै राम्रो जागिर पाउँने आशा गर्थिन् । तर, बन्दाबन्दीले उनको भविष्य अन्धकार बन्दै गएको छ ।  शिवानी भन्छिन्–‘अभिनेत्री बन्न सजिलो छैन । पर्दामा पुग्ने प्रक्रिया धेरै लामो छ । फेरि त्यहाँ पुगे पनि पारिश्रमिक पाउँन महिनौं लाग्छ । म सँग काम छैन । पैसा छैन, अब पैसा कहाँबाट आउँछ ? यस्तोबेला घरभाडा र अन्य खर्च कहाँबाट निकाल्थे होला ? तर, म भाग्यमानी छु । यस कठिन समयमा म परिवारको साथमा छु ।’

‘म खण्डवा आफ्नो घर आएकी छु । तर, सबै यति भाग्यमानी छैनन् । काम मिल्ने होकी नमिल्ने हो ? सोच्दा सोच्दै धेरै कलाकारहरुले आत्महत्या जस्ता गलत कदमहरु उठाइरहेका छन् । यस कुराले म उदास बनेकी छु । मानसिक तनाब बढ्दै  छ । लकडाउन खुल्ने बित्तिकै काम सोध्न थाल्छु’ । शिवानीले भनिन् ।

मानस शाहः

“बाँच्नको लागि कार बेचियोे”
अभिनेता मानस शाहले आर्थिक संकटबाट बाहिर निस्कन आफ्नो कार बेचे । उनी भन्छन्–‘यो पहिलो पटक हो । म यसरी आर्थिक संकटमा संघर्ष गर्दैछु । बाँच्नको लागि मैले आफ्नो कार समेत बेचेको छु । भाँडा तिर्ने पैसाको अभावका कारण अहिले म आफू बसेको घर छाडेर आफ्नो भाञ्जासँग बस्दैछु ।’  उनी भन्छन्–‘मैले अहमदाबादमा बस्ने मेरा बाबु आमाको पनि हेरचाह गर्नुपर्छ । पुरानो कामको पैसा छैन, अहिले कुनै काम छैन । भविष्यमा के हुनेवाला छ त्यो पनि थाहा छैन । यो अवस्थाबाट कसरी बाहिर निस्कने ?’ मानस ‘हमारी बहु सिल्क’ र ‘संकट मोचन महाबली हनुमान’ जस्ता कार्यक्रमहरुको एक हिस्सा हुन् ।

अखलाक खान:

 “पैसा कमाउने कुनै तरिका छैन” ‘लब यू जिन्दगी’ र ‘न आना इस देश लादो’ जस्ता कार्यक्रममा देखिएका अखलाक खानले लकडाउन घोषित हुनु भन्दा दुई हप्ता अघि मार्च ३ मा विवाह गरेका थिए । उनका पार्टनर जयश्री वेन्कटरामन पनि अभिनय क्षेत्रसँगै सम्बन्धित छिन् । दुबैसँगै लकडाउनका कारण कुनै काम छैन ।  ‘हाम्रो अवस्था यस्तो नाजुक छ कि हामी भन्न सक्दैनौं । म पनि पैसाका लागि संर्घर्ष गरी रहेका कलाकारहरु मध्ये एक हुँ ।’ अखलाक भन्छन् ।
अखलाकले भने–‘म १५ वर्ष पहिले झारखण्डबाट मुम्बई आएकोे थिए । तर, यो मायानगरीमा बस्न सजिलो छैन । मेरो पुरानो पैसा कतै पनि बाँकी छैन । पैसा कमाउने कुनै तरिका पनि छैन ।’

उनले भने–‘तपाई केबल एउटै पेशामा बस्न सक्नुहुन्न । मैले पनि लेख्न थालेको छु । विवाह त भयो अब भविष्यको तनाव भने बढ्दो छ ।’

प्रति दिन ८ हजार देखि १२ हजार रुपैया कमाउँछन् यी कलाकारहरु
यी कलाकारहरु दैनिक ज्याला मजदूरी गर्ने जस्तै हुन् । उनीहरु काम भएको दिनमा कमाउँछन् । सहयोगी कलाकारहरुले महिनामा १० देखि १२ दिनसम्म शुट गर्छन् । यसका लागि उनीहरु दैनिक लगभग ८ देखि १२ हजार रुपैयासम्म ज्याला पाउँछन् । यसमध्ये पनि २० प्रतिशतले आफ्ना सह–संयोजकहरु (जसले यी अभिनेताहरु प्रयोग गर्दछन्) लाई कमिसन तिर्नु पर्छ ।

८० भन्दा बढी कार्यक्रमहरु हरेक दिन शुटिङ हुन्छन्
८ ठूला हिन्दी मनोरञ्जन च्यानलहरु (जीईसी–टिभी उद्योगको लागि काम गर्छन् । स्टार प्लस, कलर्स, जीटिभी, स्टार भारत, सोनी इन्टरटेनमेन्ट, सब टिभी, एन्ड टिभी र दंगल हुन् । यसका लागि ८० भन्दा बढी कार्यक्रमहरु प्रत्येक दिन शुट हुन्छन् ।
(बेलुका ६ देखि १० बजेसम्म) आफूलाई उत्कृष्ट साबित गर्न सबै बीच प्रतिस्पर्धा हुन्छ । केही कार्यक्रमहरु मानिसहरुको हृदयमा वर्षौसम्म रहन्छन् ।

लकडाउनले अहिलेसम्म ११ वटा शो बन्द छन्
लकडाउनका कारण मार्च १९ देखि टिभी कार्यक्रमको शुटिङ रोकएको छ । हालसम्म ११ कार्यक्रमहरु बन्द गर्ने निर्णय लिइएको छ । यी कार्यक्रमहरुमा ‘बेहद २, नजर २, नागिन ४, इशारो–इशारो मे, पटियाला बेब्स, दिल धड्के धड्कने दो, दादी अम्मा..दादी अम्मा मान जाओ, इश्क सुभान अल्लाह, मनमोहिनी, ये है जिन्ना जिन्ना का र दिल ये जिद्दी है’ रहेकाछन् ।
एजेन्सीको सहयोगमा

Logo