सरकारले कमाउन र खर्च गर्न सक्दैन भन्ने बलियो प्रमाण बजेट–सांसद विश्वकर्मा

सरकारले कमाउन र खर्च गर्न सक्दैन भन्ने बलियो प्रमाण बजेट–सांसद विश्वकर्मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले कमाउन र खर्च गर्न सक्दैन भन्ने बलियो प्रमाण यस वर्षको बजेट भएको नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्म बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बजेट छलफल बैठकमा बोल्दै सांसद विश्वकर्माले सो कुरा बताएका हुन् । सरकारले ल्याएको बजेटको ३ सय ४२ पेजको पुस्तिकालाई सरसर्ती हेर्दा नेकपाको आत्म प्रशंसाको बुलिन्दाका रुपमा लिन सकिने उनको भनाइ छ ।

‘बजेट प्रचारमूखि छ । २०७६/७७ का सबै कमी कमजोरी ढाकछोप गर्ने बुलिन्दाका रुपमा लिन सकिन्छ’–उनले भने–‘ बजेटले महामारीको बेला जनतालाई भुल भुलैयामा पार्ने सरकालाई राम्रो अवसर दिएको छ । यो बजेट निर्वाहमुखी छ । झुटो आश्वासन बाडेको छ । सरकारले कमाउन पनि सक्दैन र खर्च गर्न पनि गर्न सक्दैन भन्ने प्रमाण यो बजेट हो । बजेट धेरै महत्वाकांक्षी छ ।’

गत जेठ १५ मा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रहेको थियो ।

Skip This
Skip This
Logo