काठमाडौं ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आज बिहानसम्म तीन लाख ६६ हजार ८०९ जनाको मृत्यु भएको छ । तथ्यांक अनुसार विश्वका ६० लाख ३० हजार ४४५ जना कोरोना संक्रमित भएका छन् भने २६ लाख ५९ हजार २५० जना उपचारपछि निको भएका छन् । ३० लाख ४३७६ जना हाल उपचाररत छन् ।
यतिबेला विश्वकै सबैभन्दा धेरै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । यहाँ मात्र एक लाख ४ हजार ५४२ जनाको मृत्यु भएको छ । १७ लाख ९३ हजार ५३० जना संक्रमित छन् ।
अमेरिकापछि बेलायतमा ३८ हजार १६१ जनाको मृत्यु भइसकेको छ भने २ लाख ७१ हजार २२२ जना संक्रमित पुष्टि भएको छ । कोरोना भाइरस देखिएको पहिलो देश चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।
इटालीमा ३३ हजार २२९, स्पेनमा २७ हजार १२१, फ्रान्समा २८ हजार ७१४, इरानमा ९ हजार ४३०, बेल्जीयममा ९ हजार ४३०, जर्मनीमा ८ हजार ५९४, नेदरल्याण्डमा ५ हजार ९३१, टर्कीमा ४ हजार ४८९, स्वीजरल्याण्डमा १ हजार ९१९, ब्राजिलमा २७ हजार ९४४ जनाको मृत्यु भइसकेको छ ।
विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा एक हजार २१२ जना संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भइसकेको छ । २०६ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् । भारतमा पनि संक्रमितको संख्या १ लाख ७३ हजार नाघेको छ भने यहाँ ४ हजार ८ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।































प्रतिक्रिया