‘कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन !’

‘कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन !’

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस (कोभिड १९) र श्रीमतीबीच तुलना गरेपछि इन्डोनेसियाका एक मन्त्री विवादमा तानिएका छन्। इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडी ‘विद्रोही पत्नीहरु’सँग तुलना गर्दै कोरोनाभाइरसबारे सार्वजनिक रुपमा बोलेपछि विवादित बनेका हुन् ।

मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइन मार्फत उक्त अभिव्यक्ति दिएका थिए ।उनको ‘सेक्सिस्ट’ अभिव्यक्ति लगत्तै सामाजिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उनको कडा आलोचना गरेका छन् । साथै उनको भनाइप्रति आपत्ति जनाएका छन् ।

यही मंगलबार उनले सम्बोधनको क्रममा भनेका थिए, ‘के हामी विस्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ । अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईँको पत्नी जस्तै हो । सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो, पछि रियलाइज भयो कि, यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने कुरा । किनकि, तपाईँले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।’

महिला अधिकारकर्मीहरुले मन्त्रीको यस्तो अभिव्यक्तिको भत्र्सना गरेका छन् । सामाजिक रुपमा यससँग नडराउन पनि उनको आग्रह थियो ।

इन्डोनेसियामा कोरोनाभाइरसका संक्रमितको संख्या २५ हजार नाघेको छ भने १ हजार ५ सय २० जनाको मृत्यु भइसकेको छ ।

Logo