विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने सरकारको निर्णय

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको आज बसेको उच्चस्तरीय समन्वय समितिकाे बैठकले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो। एक सातापछि क्रमशः प्राथमिकता तोकेर भारत बाहेक तेस्रो मुलुकमा अलपत्र परेका र नेपाल फर्किन चाहने नागरिकलाई स्वदेश फिर्ता ल्याउने निर्णय गरिएको हो ।

उनीहरु काठमाडौं उत्रिएपछि भने १४ दिन होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्नु पर्नेछ । होटल क्वारेन्टाइनमा आफ्नै खर्चले बस्नु पर्नेछ भने व्यक्तिको सामर्थ्य हेरेर सरकारले हवाइ तथा क्वारेन्टाइन खर्चको निर्णय गर्ने बताइएको छ ।

यसका लागि सात वटै प्रदेशमा एक एक जना मन्त्री फोकल पर्सन तोकिएको छ । क्वारेन्टाइन अवधि सकेर परीक्षणपछि ती मन्त्रीको समन्वयमा उनीहरु आआफ्नो घर जान सक्नेछन् ।

विदेशबाट फर्केका नेपालीलाई समन्वय गरि घर पठाउन तोकिएका फोकल मन्त्रीहरु मा प्रदेश नं. १ मा बसन्त नेम्वाङ, प्रदेश नं. २ मा रामेश्वर राय र वागमती प्रदेशमा पार्वत गुरुङ रहेका छन् । यस्तै गण्डकी प्रदेशमा पद्मा अर्याल, प्रदेश नं. ५ मा वर्षमान पुन, कर्णाली प्रदेशमा शक्ति बस्नेत र सदूरपश्चिम प्रदेशमा लेखराज भट्ट रहेका छन् ।

विदेशबाट आएकाहरु १४ दिन क्वारेन्टाइन बसेपछि पुनः परीक्षण गर्नु पर्ने र रिपोर्ट आए पछि सम्बन्धित स्थानीय तहको समन्वयमा घर घर जान पाउनेछन् ।

Skip This
Skip This
Logo