स्थानिय तहलाई १ खर्ब ६१ अर्ब र प्रदेशलाई ३६ अर्ब ३५ करोड सर्शत अनुदान

स्थानिय तहलाई १ खर्ब ६१ अर्ब र प्रदेशलाई ३६ अर्ब ३५ करोड सर्शत अनुदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले स्थानिय तहको लागि १ खर्ब ६१ अर्ब रुपैयाँ र प्रदेशलाई ३६ अर्ब ३५ करोड सर्शत अनुदान दिने अर्थमन्त्री डा युवराज खतिवडाले बताए ।

सरकारले समानीकरण, विशेष र समपूरक अनुदानको अंकमा भने यथावत राखेको जनाएका छन्।

आर्थिक वर्ष २०७७,०७८ मा प्रदेशलाई ५५ अर्ब १९ करोड रुपैयाँ समानीकरण अनुदान दिइने घोषणा गरेका छन् । यसैगरी स्थानीय तहलाई यही शीर्षकमा ९० अर्ब ५ करोड रुपैयाँ दिइने तथा राजस्व बाँडफाँटबाट १ खर्ब २२ अर्ब रुपैयाँ उपलब्ध गराउने जानकारी गराएका छन् ।

Logo