संशोधन प्रस्तावमा समर्थन गरेर एकमुष्ट जवाफ दिन्छौ– गगन थापा

संशोधन प्रस्तावमा समर्थन गरेर एकमुष्ट जवाफ दिन्छौ– गगन थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसका बारेमा भ्रम सृजना गर्ने र शंका गर्नेलाई एकमुष्ट जवाफ दिने बताएका छन् । बिहिबार ट्वीट गर्दै नेता थापाले १७ गतेको केन्द्रीय समितिको बैठकबाट एकमुष्ट जवाफ दिने बताएका हुन् । उनले ट्वीटमा लेखेका छन्–‘पर्सी १७ गतेको केन्द्रीय समितिको बैठकबाट नेपाली काँग्रेसको बारेमा भ्रम सिर्जना गर्ने र शङ्का गर्ने देशभित्र र बाहिरका सबैलाई एकमुष्ट जवाफ दिनेछौं।’

त्यस्तै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान संशोधन प्रस्ताव टेवुल गर्न समेत आग्रह गरेका छन् । सरकारको संशोधन प्रस्तावमा केन्द्रीय समिति बैठकबाट निर्णय गरी साथ दिने उनको भनाइ छ । उनले ट्वीटरमा थपेका छन्–‘अब त भन्न केही बाँकी नहोला। प्रस्ताव भोलि टेबुल गर्नुस्। हामी पर्सी बैठकबाट निर्णय गरेर संशोधनको पक्षमा मत राख्न आउँछौँ।’

Skip This
Skip This
Logo