काठमाडौं ।
कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुनर्निर्माण गरिएको भन्दै स्थानियले बिरोध जनाएका छन् ।
कमलपोखरीको पुरातात्विक महत्वलाई मासेर पुनर्निर्माण गरिएको भन्दै शुक्रबार स्थानियले विरोध जनाएका हुन् । कमलपोखरीको पुनर्निर्माणमा ढिलाई भएको तथा यसको महत्वलाई नै मास्ने गरि ढुंगा, क्रँक्रिटको प्रयोग गरि निर्माण गरिएका कारण विरोधमा उत्रिनु परेको स्थानियले बताएका छन् । पहिले देखाइएको डिजाइनभन्दा फरक किसिमले निर्माण कार्य भइरहेको र सम्पदामाथि नै अतिक्रमण गरिएको स्थानीयको भनाई छ ।
ठेकेदार कम्पनिले आवश्यकताभन्दा कम जनशक्ति राखेर काम गरेकाले काममा ढिलाई भइरहेको वडासदस्य राजकुमार श्रेष्ठले बताए । कमलपोखरीको स्रोत नै सुकेर जाने तथा पहिलेको कमलपोखरीको अवस्था नरहने चिन्ताका कारण स्थानियले विरोध गरिरहेको उनको भनाई छ ।
काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पुनर्निर्माण गरिरहेको छ । पुरानो ऐतिहासिकतालाई जोगाउँदै पुनर्निर्माण गर्ने महानगरपालिकाले बताउँदै आएपछि स्थानियले भने पुरानो ऐतिहासिकता मासेर कमलपोखरीको पुनर्निर्माण गरिएको भन्दै बिरोध जनाउँदै आएका छन् ।































प्रतिक्रिया