प्राप्त उपलब्धि रक्षाका लागि दलहरु एक जुट हुनु पर्छः अध्यक्ष डा भट्टराई

प्राप्त उपलब्धि रक्षाका लागि दलहरु एक जुट हुनु पर्छः अध्यक्ष डा भट्टराई

केन्द्रबिन्दु
0
Shares

अर्घाखाँची।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले देशमा प्राप्त उपलब्धिको रक्षाका लागि देशमा संयुक्त आन्दोलनको जरुरी रहेको बताएका छन् ।

उनले अर्घाखाँचीको सन्धिखर्कमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा गणतन्त्रको रक्षाका लागि आन्दोलनकारी दलहरु एक भएर आन्दोलनमा उत्रनु पर्ने बताए ।

अध्यक्ष डा भट्टराईले जनताको मतबाट निर्वाचित प्रतिनिधिसभा विघटन गरेर जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने प्रयास भएको बताउँदै वैशाखमा निर्वाचन हुने कुनै सम्भावना नरहेको उल्लेख गरे ।

Skip This
Skip This
Logo