गणतन्त्रपछि सेनाको बजेट पाँच गुणा बढी, उपलब्धि भने उस्तै

गणतन्त्रपछि सेनाको बजेट पाँच गुणा बढी, उपलब्धि भने उस्तै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
गणतन्त्र स्थापनापछि नेपाली सेनाको बजेट पाँच गुणाले वृद्धि भएको छ। दोस्रो जनआन्दोलनको सेरोफेरो अर्थात् सन २००६ मा वार्षिक ११ अर्बको हाराहारीमा रहेको सेनाको बजेट सन् २०२० सम्म आइपुग्दा पाँच गुणाले बढेर ५२ अर्ब पुगेको छ।

सरकारले सेनाका लागि वार्षिक रुपमा विनियोजन गर्ने रकममध्ये अधिकांश सेनाको तलब भत्तामै सकिने गरेको छ। हतियार तथा तथा एयरक्राफ्ट खरिदका लागि सरकारले अतिरिक्त रकमसमेत सहयोग गर्दै आएको छ। संख्याको हिसाबले पनि दोस्रो जनआन्दोलनका बेलाको सेना र अहिलेको सेनाका बीचमा खासै ठूलो अन्तर देखिँदैन । तर सेनालाई विनियोजन गरिने रकम भने ठूलो मात्रामा वृद्धि भएको छ।

सन २०११ मा २२ अर्ब ६२ करोड बजेट छुट्याइएको सेनालाई २०१३ मा त्यो रकम बढाएर ३१ अर्ब १६ करोड पुर्याइयो । २०१५ मा ३३ अर्ब रहेको सेनाको बजेट २०१६ मा एकैचोटी बढाएर ४३ अर्ब पुर्याइयो । २०१९ सम्म आइपुग्दा उक्त बजेट ५० अर्ब भन्दामाथि पुगेको छ। अहिले ५० अर्ब बजेट रहेको सेनाको आगामी बजेट सिलिङ ५२ अर्ब प्रस्ताव गरिएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे सेनालाई छुट्याइएको रकममध्ये एक तिहाइ रकम हातहतियार, एयरक्राफ्ट तथा सेनाको पूर्वाधार विकास लगायतमा खर्च हुने भएकाले सेनाको खर्च बढी हुने बताउँछन् । सेनालाई सरकारले बजेटबाहेक हातहतियार खरिद लगायतमा अतिरिक्त रकम नदिने प्रवक्ता पाण्डेको दाबी छ।

सेनामाथि सरकारले प्रत्येक वर्ष बजेट बढाउँदै लगे पनि सैन्य संशाधनका क्षेत्रमा भने सेनाले उल्लेख्य उपलब्धि हासिल गरेको देखिएको छैन । राज्यको लगानी अनुसार सैन्य क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने सेना सडक निर्माण लगायतमा बढी केन्द्रित भएको भन्दै जनस्तरबाट सेनाको आलोचनासमेत हुँदै आएको छ।नागरिकबाट

Logo