छानबिन समितिले दुई सातामा प्रतिवेदन दिन्छ–गृहमन्त्री थापा

छानबिन समितिले दुई सातामा प्रतिवेदन दिन्छ–गृहमन्त्री थापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले चौरजहारी  घटना छानबिन समितिले दुई साताभित्र प्रतिवेदन दिने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री थापाले सो कुरा बताएका हुन् । प्रेम सम्बन्धी घटनालाई राजनीतिकरण गर्न नहुने मन्त्री थापाको भनाइ छ ।

रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० मा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

गत जेठ १० गते जाजरकोट जिल्लाका नवराज विक र उनका साथी मल्ल थरकी प्रेमिका भगाउन रुकुम गएका थिए । प्रेमिका भगाउन गएका नवराज सहितका साथीहरुलाई केटी पक्षका गाउँलेहरुले कुटपीट गरेका थिए । गाउँलेको कुटपीटबाट बच्न भेरी नदीमा हाम फालेका तीन जनाको शव भेटिएको छ भने अन्य तीन जना अझै बेपत्ता छन् ।

Logo