चौैरजहारी घटनाको सत्यतथ्य छानबिन गर्न सांसद विश्वकर्माको माग

चौैरजहारी घटनाको सत्यतथ्य छानबिन गर्न सांसद विश्वकर्माको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिन विश्वकर्माले रूकुम पश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद विश्वकर्माले सो माग गरेका हुन् । घटनाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिनुपर्ने साथै संसदीय छानबिन समिति गठन गर्नुपर्ने उनको भनाइ छ ।

गत जेठ १० गते रूकुम पश्चिमको चौरजहारीमा प्रमिका मल्लकाे घर पुगेका नवराज विक र उनका साथीलाई गाउँहरूले कुटपीट गरेका थिए । कुटपीटबाट बच्न नदीमा हाम फालेका तीन जनाको शव भेटिएको छ भने बाँकी तीन जना अझै बेपत्ता छन् ।

Skip This
Skip This
Logo