साढे दुई महिनामा भारतबाट आए ५ लाख ७८ हजार नेपाली

साढे दुई महिनामा भारतबाट आए ५ लाख ७८ हजार नेपाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गत २५ फागुनदेखि १० जेठसम्म रोजगारी, उपचार तथा तीर्थाटनसहित विभिन्न कामका लागि भारत पुगेका ५ लाख ७८ हजार २ सय नेपाली स्वदेश फर्किएका छन् । विभिन्न कामको सिलसिलामा भारत पुगेका उनीहरू विश्वभर कोरोना संक्रमणको सन्त्रास बढेसँगै स्वदेश फर्किएका हुन् ।

गृह मन्त्रालयको तथ्यांक अनुसार २५ फागुनदेखि ११ चैतसम्म सबैभन्दा बढी नेपाली भारतबाट विभिन सीमा नाका हुँदै नेपाल प्रवेश गरेका छन् । ११ चैतमा सरकारद्वारा देशभर लकडाउन घोषणा गरिएको थियो ।

गृह मन्त्रालयका उपसचिव परमानन्द घिमिरेले गत २५ फागुनदेखि १० जेठसम्मको ७७ दिनको अवधिमा ५ लाख ७८ हजार २ सय नेपाली भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेको जानकारी दिए । यसरी आउनेहरूमध्ये अधिकांश लकडाउन अघि अर्थात् २५ फागुनदेखि ११ चैतसम्म आएका छन् ।

‘गत २५ फागुनदेखि १० जेठसम्मको अवधिमा ५ लाख ७८ हजार २ सय नेपाली भारतबाट विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेका छन् । यसरी आउनेहरूमध्ये धेरैजसो ११ चैत अर्थात् लकडाउन अघि नै आएका छन्,’ घिमिरेले भने ।

सरकारले लकडाउन घोषणा गरेको ११ चैतदेखि हालसम्मको अवधिमा मात्रै करिब ७५ हजार नेपाली विभिन्न सीमा नाकाहुँदै नेपाल आएका छन् । यसरी आएकाहरूलाई घर पुग्नु अघि अनिवार्य क्वारेन्टाइन राखिँदै आइएको छ ।

कोरोना नियन्त्रण उच्चस्तरीय समितिले भारतीय सीमा क्षेत्रमा आएर अलपत्र परेकाहरूलाई आउन दिने निर्णय गर्दा मात्रै करिब ३० हजारको संख्यामा विभिन्न नाका हुँदै नेपालीहरू आएको गृह मन्त्रालय बताउँछ ।राजधानीबाट

Skip This
Skip This
Logo