नेपालमा एक सातामै थपिए ३ सय १३ नयाँ संक्रमित

नेपालमा एक सातामै थपिए ३ सय १३ नयाँ संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो एक साता यता कोरोना भाइरस संक्रमण दर उच्च रूपमा बढेको छ । ५ जेठदेखि ११ जेठसम्मको अवधिमा तीन महिना यताकै संक्रमण दर उच्च रहेको छ । एक साताको अवधिमा ३ सय १३ जना संक्रमित थपिएका छन् ।

नेपालमा १० माघ ०७६ मा पहिलो पटक ३२ वर्षीय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएदेखि ४ जेठसम्म संक्रमितको संख्या २ सय ९५ रहेको थियो ।

गत ५ जेठमा ८० जना, ६ जेठमा २७ जना, ७ जेठमा २५, आठ जेठमा ३०, ९ जेठमा ५९, १० जेठमा ६८ र आइतबार १९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जनस्वास्थ्य विज्ञहरूले परीक्षणको दायरा केही बढाइएकाले संक्रमण दर बढेको बताएका छन् ।

संक्रमितमध्ये अहिलेसम्म तीन जनाको निधन भएको छ । नेपालमा संक्रमित पुष्टि भएको चार महिनाको अवधिमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ३ पुगेको छ । ८७ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।राजधानीबाट

Skip This
Skip This
Logo