नेपालका लागि चिनियाँ रेल छुट्योदेखि नेपाली राजदूत सम्मानितसम्म (भिडियोसहित)

नेपालका लागि चिनियाँ रेल छुट्योदेखि नेपाली राजदूत सम्मानितसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाल–भारतबीच सीमा विवाद चुलिएका बेला चीनको सान्सी शहरको राजधानी सियानको सिन्चु स्टेसनबाट मालबाहक कार्गो रेल शुक्रबार नेपालका लागि छुटेको छ । अब, चीनको सियान शहरबाट सातामा एक दिन नेपालका लागि सामान बोकेर कार्गो रेल आउने भएको हो । नेपाल र चीनबीच अघिल्लो वर्ष हिमालयपार व्यापार तथा पारबहन सम्झौता गरिएको थियो ।

त्यस्तै नेपालको अध्यावधिक नक्सा सार्वजनिक भएसँगै संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन हुने भएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म १ सय १७ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।

त्यस्तैगरी सरकारसँग व्यवसायीहरु आक्रोसित बनेका छन् । उत्पादन मूलक उद्योग सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको सरकारले पासको व्यवस्था नगरेकाे भन्दै व्यवसायीहरु आक्रोसित बनेका हुन् ।

इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य सम्मानित भएकी छिन् । इजरायलको ७२ औँं स्वतन्त्रता दिवसमा आयोजित कार्यक्रममा नेपाली राजदूत डा. शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित भएकी हुन् । उनी यो सम्मान पाउने एशियाली मुलुककै पहिलो राजदूत हुन् ।

पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

 

Skip This
Skip This
Logo