पपुवा न्यूगिनीका पूर्वप्रधानमन्त्री ओनिल भष्ट्राचार आरोपमा पक्राउ

पपुवा न्यूगिनीका पूर्वप्रधानमन्त्री ओनिल भष्ट्राचार आरोपमा पक्राउ

केन्द्रबिन्दु
0
Shares

पपुवा न्यूगिनी ।

पपुवा न्यूगिनीका पूर्वप्रधानमन्त्री पिटर ओनिललाई भष्ट्राचार आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई स्वदेश फर्किनुभए लगत्तै पक्राउ गरिएको थियो । उनले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूपले ल्याएको आरोपपछि छानविनका लागि पक्राउ गरिएको ‘रोयल पपुवा न्यूगिनी कोन्स्टाबुलरी’का सह–आयुक्त होज एटेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

एटेले भने, “घटनामा उनले कार्यालय र अधिकारीलाई प्राप्त अधिकारको दुरूपयोग गरेको भन्ने तथ्यगत आधारहरू पेश भएका छन् । उनलाई छानविनका लागि पक्राउ गरिएको हो ।”

पक्राउपछि पूर्वप्रधानमन्त्री ओनिलले आफूलाई राजनीतिक पूर्वाग्रहले पक्राउ गरिएको भन्दै आरोपको खण्डन गरेका छन् ।ओनिलमाथि प्रहरीले सोधपुछ गरिरहेको छ ।

लामो समय पपुवा न्यूगिनीको नेतृत्वमा रहेका ओनिलले आफ्नो कार्यकाल पूरा गरी सन् २०१९ मा पदबाट बिदा लिएका थिए । उनलाई पपुवा न्युगिनीको राजनीतिमा प्रतिभावान प्रसिद्ध राजनितिज्ञका रूपमा हेर्ने गरिन्छ ।रासस

Logo