काठमाडौं ।
चैत मसान्तभित्र प्रतियोगिता आयोजना सम्पन्न गर्ने गरि नेपाल क्रिकेट संघ र काठमाडौं महानगरपालिकाबीच मेयर कप–०७७ गर्नका लागि मंगलबार सम्झौता भएको छ ।
काठमाडौंको सभागृहमा भएको कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको रोहबरमा सम्झौता गरेका हुन । सम्झौता अनुसार महानगरपालिकाले आयोजक नेपाल क्रिकेट संघलाई ५० लाख रुपैयाँ सहयोग गर्नेछ ।
सम्झौतापछि बोल्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले महानगरपालिकाको सहयोग सुरुआत भएको र यस्ता प्रतियोगिताले खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन अभ्यास हुने बताए ।
सम्झौता अनुसार महानगरपालिकाले क्यानलाई पहिलो किस्ता अनुसार ६० प्रतिशत रकम उपलब्ध गराउनेछ भने प्रतियोगिता सम्पन्न भइसकेपछि ४० प्रतिशत उपलब्ध गराउनेछ । एक दिवसीय संरचनामा हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुनेछ ।































प्रतिक्रिया