हुम्लामा फुटबल प्रशिक्षण आउँदो फागुनमा

हुम्लामा फुटबल प्रशिक्षण आउँदो फागुनमा

केन्द्रबिन्दु
0
Shares

हुम्ला ।

हुम्लाको सदरमुकाम सिमकोटमा आउँदो फागुन ७ गतेदेखि फुटबल प्रशिक्षण हुने भएको छ ।

जिल्लामा व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सिमकोटमा पहिलो पटक हुम्ला फुटबल एकेडमीले खेल प्रशिक्षण आयोजना गर्न लागिएको हुम्ला फुटबल एकेडमीका सचिव बुद्धिबहादुर रोकायाले जानकारी दिए ।

जिल्लाका आठदेखि २५ वर्ष उमेर समूहका व्यक्तिलाई स–शुल्क रुपमा फुटबल प्रशिक्षण शुरु गर्न लागिएको सचिव रोकायाले बताए । खेलका लागि टिम दर्ता गराएका महिला तथा पुरुषलाई अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण गराइने, राम्रो खेलाडीलाई विभिन्न राष्ट्रियस्तरका क्लबमा आबद्ध गर्न पहल गरिने र विभिन्न ठाउँमा हुने प्रतियोगितामा आफ्नो जिल्लाको प्रतिनिधित्व गराउने लक्ष्यका साथ प्रशिक्षण शुरु गर्न लागिएको उनको भनाइ छ ।

Skip This
Skip This
Logo