सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारको निर्णयप्रति काँग्रेसको ध्यानाकर्षण

सामाजिक सुरक्षा भत्ता रोक्ने सरकारको निर्णयप्रति काँग्रेसको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली काँग्रेसले सरकारले अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता तत्कालका लागि रोक्ने निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले बुधबार एक विज्ञप्ति जारी गरी संविधानले नै अशक्त, अपाङ्गता तथा एकल महिला सामाजिक सुरक्षाबाट वञ्चित हुन नमिल्ने व्यवस्था गरेकाले तत्काल उक्त निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गरेका हुन् ।

कोरोना महामारीबाट प्रताडित भएको अवस्थामा सामाजिक सुरक्षा भत्ता रोकिनु अमानवीय गतिविधि भएको काँग्रेसले जनाएको छ । काँग्रेसले सरकारले गरेको सो निर्णयलाई तत्काल सच्याउन मागसमेत गरेको छ ।

Skip This
Skip This
Logo