राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्म रोकिने

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान जेठ मसान्तसम्म रोकिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले जेठ मसान्तसम्मका लागि सम्पूर्ण हवाई उडान रोक लगाउने निर्णय गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

यस अघि जेठ २० गतेसम्म लकडाउन लम्बिरहेको बेला सो समितिले हवाई उडानलाई जेठ मसान्तसम्म रोक लगाउने निर्णय गरेको हो । गत चैत ११ देखि जारी लकडाउन आगामी जेठ २० सम्मका लागि कायम गरिए सँगै हवाई उडानको समय पनि थपिएको हो । यस अघि जेठ १८ सम्म उडानहरु रोक्ने निर्णय भएको थियो ।

Logo