नेपालमा कोरोनाबाट १५ हजार नागरिक संक्रमित हुन सक्ने प्रक्षेपण

नेपालमा कोरोनाबाट १५ हजार नागरिक संक्रमित हुन सक्ने प्रक्षेपण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा करिब १५ हजार व्यक्ति कोरोनाबाट संक्रमित हुन सक्ने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार विश्वको कुल जनसंख्याको ०.०५ प्रतिशतलाई कोरोना संक्रमण भएको पाइएकाले नेपालमा पनि सोही आधारमा १४ हजार आठ सय ९८ जना कोरोना संक्रमित हुन सक्ने मन्त्रालयले प्रक्षेपण गरेको हो ।

विश्व स्वास्थ्य संगठनले पनि हालको अवस्थामा कुल जनसंख्याको ०.०५ प्रतिशत संक्रमित हुन सक्ने औंल्याएको स्वास्थ्य मन्त्रालयका ती अधिकारीले बताए । संक्रमितहरू समाजमै रहेकाले परीक्षणमार्फत मात्र पत्ता लाग्ने भन्दै परीक्षणको दायरालाई बढाउनु पर्ने मन्त्रालयका अधिकारीको भनाइ छ ।

‘हामीले विश्वको अनुपातमा नेपालमा १४ हजार आठ सय ९८ जना संक्रमित हुन सक्ने प्रक्षेपणसहितको रिपोर्ट तयार पारेका छौं,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘रिपोर्ट स्वास्थ्यमन्त्रीलाई बुझाइसकेका छौं । प्रक्षेपणका आधारमा परीक्षणको दायरा बढाउने विषयमा उहाँ पनि सकारात्मक देखिनु भएको छ ।’ जनशक्ति र स्रोतसाधन नभएकाले मन्त्रालयको प्रक्षेपण अनुसार परीक्षणको दायरा बढाउन नसकेको मन्त्रालयको अधिकारीहरूको स्पष्टोक्ति छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले नेपालको कुल जनसंख्याका आधारमा ०.०५ प्रतिशत अर्थात् करिब १५ हजार संक्रमित हुन सक्ने बताए । ‘विश्वको अवस्था हेर्दा आजको दिनमा करिब १५ हजार नागरिक कोरोनाबाट संक्रमित हुन सक्छन् भन्ने हो । तर अहिले चार सय हाराहारीमा मात्रै संक्रमित भेटिएका छन्, ’उनले भने, ‘प्रक्षेपण मात्र हो, हाम्रोमा यति ठूलो संख्यामा केस नहुन पनि सक्छ ।’ अहिलेको जनशक्तिले देखिएको केसका आधारमा परीक्षण गर्न लागिरहेको तर प्रक्षेपणका आधारमा जिल्लागत रूपमा परीक्षण गर्न नसकिएको उनको भनाइ छ ।

विश्वका अन्य कतिपय देशहरूमा ०.०५ प्रतिशत भन्दा बढी पनि केसहरू देखिएकाले त्यो भन्दा अहिलेकै रफ्तारमा केस बढ्ने हो भने बढी पनि पुग्न सक्ने मन्त्रालयका अधिकारीहरूको दाबी छ । कम्तीमा पनि १ प्रतिशत जनाको कोभिड परीक्षण पिसिआर प्रविधिमार्फत गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।

विज्ञहरूको सुझाव र मन्त्रालयको प्रक्षेपण अनुसार अहिलेसम्म कम्तीमा पनि दुई लाख ६५ हजार पिसिआर पद्धतिबाट परीक्षण हुनु पर्ने हो । तर सोमबारसम्ममा ३० हजार सात सय २३ जनाको मात्रै पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।नागरिकबाट

Skip This
Skip This
Logo