नेपाली भूमि समावेश भएको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित

नेपाली भूमि समावेश भएको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली भूमि समवेश गरिएको नक्सा पारित भएको हो ।

नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि यसको संकेत गर्दै ट्वीटरमा लेखेका छन् –‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पान्नामा सुवर्ण अक्षरले लेखिनेछ । आजको मिति र निर्णय युग युगसम्म हाजिरी जवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भइराहेने छ । धन्यवाद प्रम केपी शर्मा ओली ।’

त्यस्तै राप्रपाका सांसद राजेन्द्र लिङदेनले पनि सरकारले नयाँ नक्सा जारी गरेको ट्वीटमार्फत पुष्टि गरेका छन् । उनले केही समय अगाडि ट्वीट गर्दै लेखेका छन्–‘लिम्पियाधुरा लिपुलेक र कालापानी समावेश नेपालको नक्सा मन्त्रिपरिषद्बाट पारित हुनु स्वागत योग्य र सुखद अब अतिक्रमित भूमि फिर्ता लिन तर्फ लागौँ ।’

Skip This
Skip This
Logo