तातोपानी नाकाहुँदै चीनबाट आइपुग्यो पहिलो चरणको स्वास्थ्य सामग्री

तातोपानी नाकाहुँदै चीनबाट आइपुग्यो पहिलो चरणको स्वास्थ्य सामग्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौं भित्रिएको छ ।

चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० वटा कन्टेनर चीनको खासा र नेपालको तातोपानी हुँदै शनिबार काठमाडौँ आइपुगेका हुन् । ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सेनाको १४ बाहिनीमा सङ्कलन गरिएको छ ।

सरकार–सरकारबीच भएको खरिद सम्झौता अनुसार चीनबाट कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि ३४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ। पहिलो चरणमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने डिस्पोजल गाउन लगायतका एक हजार १८० क्युबी स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

खरिद गरिएकामध्ये नेपाल वायुसेवा निगमको जहाजमार्फत ४७.५ टन सामग्री केही दिनभित्रै नेपाल ल्याइनेछ । त्यसका लागि निगमको जहाज सोमबार चीनको ग्वाञ्जाओ जाँदैछ । अरु सम्पूर्ण स्वास्थ्य सामग्री सडक मार्गबाट भएर ल्याइनेछ ।

नेपालले चीनसँग कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक उपकरण, पिपिईलगायत ७३ प्रकारका सामग्री खरिद गर्ने सम्झौता गरेको थियो । खरिद गरिएका बाँकी सामग्री बोकेका केन्टेनर हाङ्गुबाट गत वैशाख २४, २६ र २८ गते नेपालतर्फ प्रस्थान गरिसकेका छन् । ती कन्टेनरलाई नेपाल आइपुग्न १० देखि १२ दिन लाग्नेछ । नेपाली सेनाले कोभिड–१९ को जोखिम न्यूनीकरण र रोकथामका लागि क्वारेन्टाइन र अस्पतालसमेत निर्माण गरिरहेको छ। मुलुकको आवश्यकता र कोभिड–१९ ले निम्त्याएको सङ्क्रमण रोकथाम एवं नियन्त्रण गर्ने सन्दर्भमा सेनाले मास्क, स्यानिटाइजर र पिपिइको उत्पादनसमेत गर्दै आएको छ ।रासस

Skip This
Skip This
Logo