हत्या गरी शव बारीमा गाडेको अभियोगमा चार जना पक्राउ

हत्या गरी शव बारीमा गाडेको अभियोगमा चार जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कास्की।
पोखरा महानगरपालिका–१४ समिनतारा बस्ने वर्ष २२ का विमल रानाभाटको एक महिना अघि घनले हानेर हत्या गरी शव गाडेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

सोही स्थान बस्ने वर्ष २१ का ज्ञानबहादुर परियारले रानाभाटलाई घनले हानी हत्या गरी आफ्नै घर पछाडिको बारीको डिलमा गाडेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीसहित वर्ष १८ का सञ्जय दर्जी, वर्ष १८ का कुमार परियार र बागलुङ गलकोट घर भई हाल पोखरा–१४ बस्ने सागर परियारलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

पक्राउ परेकाबाट शव गाडिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी उपरीक्षक दानबहादुर कार्कीको कमाण्डमा प्रहरी टोली खटिइ गएको थियो । प्रहरीले सोही स्थानबाट शव उत्खनन् गरेको र शव सडेको अवस्थामा फेला परेको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।रासस

Skip This
Skip This
Logo