चलचित्र क्षेत्रमा राहत वितरण

चलचित्र क्षेत्रमा राहत वितरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले चलचित्र क्षेत्रमा दैनिक श्रम गर्नेहरुका लागि राहतस्वरुप खाद्य सामग्री उपलब्ध गराएका छन् ।

चलचित्र निर्माता संघ र चलचित्र समन्वय एवं प्रवद्र्धन समितिमार्फत चलचित्र क्षेत्रमा दैनिक श्रम गरी जीविकोपार्जन गर्दै आएका व्यक्तिहरुका लागि चामल र दाल सहितको खाद्य सामग्री उपलब्ध गराइएको हो । राज्यमन्त्री मानन्धरको पहलमा चलचित्र क्षेत्रका विभिन्न ८ वटा संगठनहरु मार्फत उक्त राहत सामग्री वितरण गर्न लागिएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए । उनले कुल ६ हजार ७ सय ५० किलोग्राम चामल र ८ सय २५ किलोग्राम दाल उपलब्ध भएको बताए ।

कोरोना भाइरस रोकथामका लागि लकडाउन गरिएपछि चलचित्र क्षेत्र बन्द भएको र चलचित्र निर्माण समेत प्रभावित भएपछि त्यसक्षेत्रमा काम गर्ने श्रमिकहरु समस्यामा परेकोले राहतको आवश्यकता परेको अधिकारीले बताए । उनले प्राप्त राहत सामग्री दैनिक श्रम गरेर जीविकोपार्जन गर्ने श्रमिकहरुका लागि वितरण गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।

राहत सामग्रीको वितरण आदिवासी जनजाति महासंघमार्फत ४५ बोरा, नृत्य संघमार्फत ४५ बोरा, निर्देशक समाज मार्फत ३० बोरा, ब्लु डाइमण्ड सोसाईटी मार्फत ३० बोरा, चलचित्र प्राविधिक संघ मार्फत ३५ बोरा, चलचित्र द्वन्द्व कलाकार संघ मार्फत ३५ बोरा, र संगित उत्पादन समाज मार्फत ३५ बोराका दरले हुने अधिकारीले बताए ।

Skip This
Skip This
Logo