पत्रकारसँग वादविवाद भएपछि प्रेस ब्रिफिङ नै छोडेर हिंडे ट्रम्प

पत्रकारसँग वादविवाद भएपछि प्रेस ब्रिफिङ नै छोडेर हिंडे ट्रम्प

केन्द्रबिन्दु
0
Shares

अमेरिका ।

पत्रकारहरुसँग वादविवाद भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलन नै छोडेर हिडेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्प दुई पत्रकारसँग दोहोरो विवादमै ओर्लिएका थिए । अमेरिकी टेलिभिजन नेटवर्क सिबिएस न्यूजकी पत्रकारले सोधेको प्रश्नको बटारिएको उत्तर दिएका ट्रम्पले सिएनएनकी पत्रकारसँग विवादमा उत्रिए र अन्त्यमा सम्मेलननै छोडेर हिँडका हुन् ।

ट्रम्पलाई सिबिएस न्यूजकी पत्रकार वइजी जियाङ्गले हरेक दिन अमेरिकीले ज्यान गुमाएका छन् र संक्रमण पनि बढिरहेको छ तर तपाईँ धेरै परीक्षणको सन्दर्भ मात्र जोडिरहनु हुन्छ, यसको के महत्व छ  ? भन्दै प्रश्न गरेकी थिइन् । प्रश्नको जवाफ दिँदै ट्रम्पले ‘यो कुरा मलाई नसोध, चीनसँग सोध’ भन्दै पन्छिन खोजेका थिए । ‘शायद यो प्रश्न मलाई होइन तिमीले चीनसँग सोध्नु पर्छ । मलाई नसोध । चीनलाई सोध त्यो प्रश्न । यो प्रश्न चीनलाई सोधे शायद तिमीले अति असामान्य जवाफ पाउने छौ ।’ भन्दै जवाफ दिएका थिए ।

त्यसपछि जियाङ्गले तपाईं मलाई किन यस्तो भनिरहनु भएको भन्दै प्रतिप्रश्न गरेकी थिइन्, त्यसको जवाफ दिँदै ट्रम्पले ‘मैले तिमीलाई मात्र भनेको होइन त्यस्तो दुष्ट प्रश्न गर्ने सबैलाई भनेको हो ।’ भन्दै ओठे जवाफ फर्काएका थिए ।

त्यसपछि ट्रम्पले सिएनएनकी पत्रकार केटलन कोलिन्सलाई आफ्नो पालोमा प्रश्न नसोधेको भन्दै बोल्न दिएनन् । तर उनले आपूmले प्रश्न गर्न पाउनु पर्ने बताएपछि ट्रम्पले भने पत्रकार सम्मेलननै छोडेर हिँडे । ट्रम्प यस अघि पनि पटकपटक पत्रकाहरुसँग विवादमा पर्दै आएका छन् ।

उता चीनले आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा अमेरिकालाई चेतावनी दिएको छ । गल्ती सच्याउन आग्रह गर्दै चीनले जवाफी निर्णय गर्ने चेतावनी दिएको हो ।

Skip This
Skip This
Logo