ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंद्वारा ५४६ जनालाई राहत

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंद्वारा ५४६ जनालाई राहत

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी महामारी कोरोनाका कारण लकडाउनमा समस्या परेका जिल्लाबासीहरुलाई ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले राहत वितरण सम्पन्न गरेको छ । कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनले समस्या परेका ताप्लेजुङबासीहरुलाई सरोकार केन्द्रले आपतकालिन कोरोना राहतकोषको स्थापना गरी तत्काल राहत वितरण गरेको हो ।

ताप्लेजुङबाट काठमाडौंमा आई बसोवास गरेका मजदुरी पेशामा संलग्न भएका, विद्यार्थी, गम्भीर प्रकृतिका विरामीहरु १५१ परिवारका ५४६ जनालाई राहत वितरण गरेको सरोकार केन्द्रका उपमहासचिव तथा आपतकालिन कोरोना राहत कोषका संयोजक सन्तोष मादेनले बताए ।

सरोकार केन्द्रका कोषाध्यक्ष मिङमा डण्डु लामाले विभिन्न ब्यक्तिहरुबाट प्रतिबद्धता र नगद प्राप्त रकमसहित तीनलाख ९६ हजार आठसय पचासी रुपैयाँ उठेको सो बाट प्रति परिवार चामल एक बोरा, दाल २ केजी, तेल १ लिटर र नून १ केजी प्रति परिवारका दरले दुई हजार एकसय ५० रुपैयाँ बराबरको राहत सहयोग गरिएको बताए । सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले यस्तो विपदमा परेकालाई सहयोग गर्न केन्द्रसँग जोडिएर एकता जनाउने सबै मनकारी दाताहरुलाई धन्यवाद दिएका छन् ।

Skip This
Skip This
Logo