आज लकडाउनको ५१ औं दिन, सवारी साधनको चाप बढी (भिडियाेसहित)

आज लकडाउनको ५१ औं दिन, सवारी साधनको चाप बढी (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ५१ औं दिन पुगेको छ । गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनका कारण अर्थतन्त्र प्रभावित भएको भन्दै सरकारले आइतबारदेखि विभिन्न ४४ प्रकारका उद्योग व्यवसायहरु सञ्चालन गर्न स्वीकृति दिएको छ । सरकारले उक्त निर्णय गरेसँगै सडकमा सवारी साधनको चाप बढेको छ ।

बुधबार काठामाडौं उपत्याकाका विभिन्न ठाउँमा पुग्दा लकडाउनको पालना भएको पाइएको छैन । विभिन्न उद्योग, बैंक, सरकारी कार्यालयमा काम गर्ने कर्मचारीका सवारी साधनको चाप अत्याधिक छ । मंगलबार देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण बढेपछि भने जनजीवन फेरी प्रभावित भएको छ ।

तरपनि सरकारले सामाजिक दुरी कायम गराउन उपयुक्त निर्णय गर्न नसक्दा सडकमा सवारी चाप बढेको हो । सडकमा समेत विगतमा भन्दा मानिसहरुको आवागमन केही बाक्लो देख्न सकिन्छ । विभिन्न खाद्य पसल, औषधि पसल लगायतका सबै खालका पसलहरु सञ्चालनमा आएका छन् । यस्तै मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर अत्यावश्यक वस्तुहरु किनमेल गरिरहेका छन् ।

सरकारले गत साता खाद्यान्न, उत्पादन र प्रशोधन, दुध तथा दुग्धजन्य पदार्थ, औषधि पसल, खानेपानी उत्पादन, पाउरोटी, विस्कुट, कन्फेक्सनरी, पशु औषधि र कीटनाशक औषधि लगायत सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । बालुवा प्रशोधन तथा क्रसर, सिमेन्ट, जस्तापाता, विद्युत उत्पादन, फोहोरमैला सङ्कलन तथा प्रशोधन, वर्कसप, छापाखाना तथा प्रेस सम्बन्धि उद्योग लगायतका क्षेत्र सञ्चालनमा छन् । शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्य वस्तु विक्री वितरण गर्ने व्यवसायिक मलहरु र होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न नपाइने निर्णय सरकारले गरेको छ ।

यस्तै उपत्यकामा सवारी सञ्चालनको लागि आइतबारदेखि टाइम कार्डको व्यवस्था गरेको थियो । जसले गर्दा विहान ९ बजेदेखि ११ बजे सम्म र दिउसो ४ बजेदेखि साँझ ६ बजेसम्म सवारी साधनको चाप अत्याधिक हुने गरेको छ ।

Skip This
Skip This
Logo