काठमाडौं ।
नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । विश्वभर फैलिएको कोरोना भाइरसका कारण केही समय धकेलिएको प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा आयोजना हुँदैछ ।
शुक्रबारबाट हुने प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोली आमने सामने हुनेछन् ।
प्रतियोगिताको आयोजक क्रिकेट संघले सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरेको छ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
समूह ए मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश–१ र कर्णाली प्रदेश रहेकाछन् भने समूह बी मा विभागीय टोली नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश–२ र सुदूरपश्चिम प्रदेश समावेश छन् ।































प्रतिक्रिया