नेकपा स्थायी कमिटीको बैठक स्थगित

नेकपा स्थायी कमिटीको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

सरोज बस्याल-
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक तत्कालका लागि स्थगित भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिमका कारण तत्कालका लागि बैठक स्थगित गरिएको हो ।

नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्तले कोरोना महमारीको जोखिमका कारण बैठक स्थगित भएको बताए । उनले केन्द्रबिन्दुसँग संक्षिप्त कुरा गर्दै भने–‘कमिटीको बैठक स्थगित भएको सूचना आएको छ । स्थायी कमिटी सदस्यहरुको कोरोना भाइरसको परीक्षण नगरिएकोले सतर्कता अपनाउँदै तत्कालका लागि बैठक स्थगित भएको जानकारीमा आएको छ ।’

नेकपाको स्थायी कमिटीको बैठक बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने तय गरिएको थियो ।

Logo