वाग्मती प्रदेश सरकारद्वारा अध्यादेश जारी

वाग्मती प्रदेश सरकारद्वारा अध्यादेश जारी

केन्द्रबिन्दु
0
Shares

हेटौंडा ।

वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा २०२ को उपधारा १ को अधिकार प्रयोग गरी वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरी पठाएको प्रदेशमा वातावरण संरक्षणको व्यवस्था गर्न बनेको अध्यादेश ०७७ लाई सोमबार जारी गरेका छन् ।

वाग्मती प्रदेशसभाको बैठक हाल सञ्चालनमा नरहेकाले वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गत वैशाख २२ गते बसेको बैठकले सो अध्यादेश ल्याउन सिफारिस गरे अनुसार प्रदेश प्रमुख प्रसाईंले अध्यादेश जारी गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले बताएका छन् ।रासस

Skip This
Skip This
Logo