काठमाडौं । केही दिनभित्रै दार्चुलाको छाङ्गरुमा सशस्त्र प्रहरीको बटालियन राख्न लागिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । सोमबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् ।
उनले भने–‘हेलिकप्टरबाट सो क्षेत्रमा सुरक्षाकर्मी पठाउने तयारी छ । चिसो र हाइअल्टिच्युडका कारण केही ढिलाइ भएको थियो अब केही दिनमै राख्छौँ ।’
त्यस्तै भारतसँगको सीमामा २२ हजार ६ सय सशस्त्र प्रहरी खटाइएको उनले जानकारी दिए ।
त्यस्तैगरी उनले भारतसँगको सीमामा स्थायी सुरक्षाचौकी १ सय १२ बाट बढाएर १ सय २० र्पुयाइएको जानकारी समेत दिए । साथै, सरकारले अहिले कोरोना संक्रमितलाई रोक्न थप १ हजार ९३ अस्थायी पोस्ट खडा गरेको उनको भनाइ छ ।





























प्रतिक्रिया