अमेरिकी राष्ट्रपति भवन अगाडि नेपालीहरूको नारा ‘ब्याक अफ इन्डिया’ (भिडियो)

अमेरिकी राष्ट्रपति भवन अगाडि नेपालीहरूको नारा ‘ब्याक अफ इन्डिया’ (भिडियो)

केन्द्रबिन्दु
0
Shares

नेपाली भूभाग लिपुलेकमा सडक निर्माण गरेको भन्दै अमेरिकामा रहेका नेपालीहरूले भारतविरुद्ध प्रदर्शन गरेका छन्।

नेपालको झण्डा र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरूले अमेरिकी राष्ट्रपति भवन अगाडि नाराबाजी गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले लिपुलेक नेपाली हो, गो ब्याक इन्डिया लगायतका नारा लगाएका थिए।

भारतले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक गत शुक्रबार उद्घाटन गरेको थियो। भारतले यो सडक आफ्नै भूमिमा बनाएको जिकिर गरेको छ।

नेपालमा भने सामाजिक संजाल, सडकदेखि संसदमा समेत चर्को विरोध भइरहेको छ।  यस विषयमा सरकारले पनि एक  विज्ञप्ति जारी गर्दै विरोध जनाएको छ।

Logo