आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेड सिट दिन नमिल्ने

आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेड सिट दिन नमिल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा ११ र १२ को परीक्षाको तयारी गरिरहन आग्रह गरेको छ । कोरोना भाइरसका कारण स्थगित भएका परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन माग भए पनि कानुन अनुसार नमिल्ने भएकाले विद्यार्थीलाई परीक्षाको तयारी थाल्न आग्रह गरिएको हो ।

विभिन्न संघसंस्था र संसदमा आवाज उठे पनि अहिलेकै अवस्थामा आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन नमिल्ने शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीले बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले शिक्षा ऐनमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिनुपर्ने व्यवस्था भएकाले कानुन अनुसार नै अघि बढ्ने बताए । ‘कानुन संशोधन नभएसम्म परीक्षा लिनुपर्छ, सडक र सदनमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन माग गरे पनि हामी कानुन पालना गर्ने निकाय हो,’ उनले भने ।

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) ले गरेको अनलाइन अन्तर्क्रियामा पौडेलले जीवन जोखिममा राखेर परीक्षा नहुने स्पष्ट पारे । सामान्य अवस्था भएपछि कम्तीमा दुई हप्ताको समय दिएर परीक्षा आह्वान गर्ने उनले बताए । अहिले विश्वका ७३ बोर्डको परीक्षा स्थगित भएको पौडेलको भनाइ छ ।नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo