सरकारले लकडाउन अवधिमा विभिन्न १४ प्रकारका उधोग ब्यबसाय खोल्न अनुमति दिएको छ। तर, आवतजावतका लागि पासको व्यवस्था नहुँदा उधोगी ब्यबसायीहरूले निर्धक्क व्यवसाय संचालन गर्न सकेका छैनन् भने कर्मचारीहरू कार्यालय जान सकेका छैनन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी पास वितरणको लागि नयाँ ब्यबस्था लागु गरेको छ । तर, कतिपय संस्था तथा व्यक्तिहरूले सूचना नपाउदा कुन निकायबाट पास लिने भन्ने अन्यौता सिर्जना भएको छ।
अब जिल्ला प्रशासन कार्यालय काठमाडौँले नियामक निकाय नतोकिएका र भैपरी आउने अत्यावश्यक कार्यको लागि मात्र पास दिने छ । अन्यको हकमा भने सम्बन्धित नियामक निकाय वा सिधै सम्बन्धित मन्त्रालयका सचिवले पास दिने छन्।
खाद्य वस्तु ढुवानी गर्ने सवारी, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी, निर्माण सामग्री ढुवानी गर्ने सवारी, औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने सवारी, कृषि तथा पशुजन्य उत्पादनसँग समबन्धित सबै प्रकारका सामग्री ढुवानी गर्ने सवारी लाई पास आवश्यक पर्ने छैन । साथै एम्बुलेन्स, खानेपानी, शव बाहन, र ग्यास ढुवानीलाई पास आवश्यक पर्ने छैन ।
त्यस्तै यस अघि जारि भएको पहेलो रङ्गको सिरियल नम्बर भएको ७ दिने पास लकडाउन अवधिभरलाई मान्य हुने छ । साथै सरकारी कार्यालय, बैंक , वित्तीय संस्था, बीमा र सहकारी कार्यालयका कर्मचारीले संस्थाको परिचय मार्फत आवतजावत गर्न सक्ने छन् ।
कुन व्यक्तिले कुन निकायबाट पास लिने ?
































प्रतिक्रिया