वास्तविक जीवनमा सौतेनी आमा भए पनि यी बलिउड अभिनेत्रीहरुले बलियो सम्बन्ध निभाएका छन्
काठमाडाैं । कहिले काँही सम्बन्धमा कटुताका कारण त कहिले काँही अन्य कारणहरुले गर्दा धेरै बलिउड कलाकारहरुले दुई विवाह गरेका छन् । यस्तो अवस्थामा करिना कपूर, हेलेन र हेमा मालिनी जस्ता धेरै चर्चित अभिनेत्रीहरु छन् । जसले पहिलै सन्तान भएका व्यक्तिसँग विवाह गरेका छन् । आज अन्तर्राष्ट्रिय मदर्स डे को विशेष अवसरमा यी नै बलिउड अभिनेत्रीहरुको चर्चा गर्दैछौँ । जसले सौतेनी आमा भए पनि बलियो सम्बन्धको सौन्दर्यलाई ठाउँ दिएका छन् ।
करीना कपूर खान – सारा अली र इब्राहिम

करीना कपूरले सन् २०१२ मा सैफ अली खानसँग विवाह गरेकी थिइन् । सैफ अलीको पहिलो श्रीमती अमृता सिंहबाट दुई बच्चाहरु सारा अली र इब्राहिम छन् । करीना कपूरले धेरै कार्यक्रमहरुमा भनेकी छिन् ‘म सारा र इब्राहिमको आमा त होइन तर एक मिल्ने साथी हुँ’। यस बाहेक सारा पनि करीनाको खुलेरै प्रशंसा गरिहेकी हुन्छिन् । एउटा इन्टरभ्यूको दौरानमा करीनाले भनेकी थिइन् ‘सारा र इब्राहिम दुबै परिपक्क साथै समझदार भइसकेका छन् । उनीहरु तिनै जना एक अर्कासँग समय बिताउन मन पराउँछन् । जसका कारण तीनै जनाको उत्कृष्ट बन्धन बनेको छ । उनीहरु प्रायः पारिवारिक जमघटमासँगै देखिरहेका हुन्छन् ।
हेलेन– सलमान खान

सलमान खानका बुबा सलीम खानले दुई विवाह गरेका छन् । तर, सम्बन्धको गहिराई हेर्दा जुन आज पनि सलीमका दुई श्रीमतीहरुसँगै बस्छन् । सलमान खानकी आमा सल्मा खानले उनलाई जन्म दिएकी हुन् तर, हेलेन उनको पालन पोषणमा बराबर साझेदार छन् । सलमानले कहिल्यै कुनै पनि फरक गरेनन् । दुबै धेरै कार्यक्रमहरुमासँगै देखा पर्छन् । यी दुई बीचको सम्बन्ध हरेक तवरबाट सुमधुर छ ।
शबाना आजमी – फरहान र जोया अख्तर

सन् १९८४ मा शबाना आजमीले जावेद अख्तरसँग विवाह गरेकी थिइन् । तर, विवाह गर्नु भन्दा अगाडि नै जावेदको भने पहिलो श्रीमती इरानीबाट दुई सन्तान फरहान र जोया थिए । उनीहरुको विवाह भएको एक वर्षपछि जावेदले आफ्नो पहिलो श्रीमतीलाई सम्बन्ध विच्छेद गरेका थिए ।
यस पछि फरहान शबानासँग पनि रिसाए । सुरुका दिनहरुमा उनीहरुको सम्बन्ध राम्रो थिएन । तर, समय बित्दै जाने क्रममा दुबैले यो सम्बन्धलाई स्वीकारेका छन् । अहिले उनीहरु पारिवारिक जमघट साथै कार्यक्रमहरुमा समेतसँगै देखिन्छन् । शबाना र जावेदको आफ्नै सन्तान भने छैन ।
सुप्रिया पाठक – शाहिद कपूर

शाहिद कपूरकी आमा नीलिमा अजीम पंकज कपूरकी पहिलो श्रीमती हुन् । पंकजले पहिलो श्रीमतीबाट सम्बन्ध विन्छेद गरेपछि दोस्रो विवाह सुप्रिया पाठकसँग गरे । सौतेनी आमा भए पनि सुप्रिया शाहीदलाई अत्यन्तै माया गर्छिन् । धेरै इभेन्टहरुमा दुबै एकसाथ देखा पर्छन् । शाहिद आफ्ना सौतेनी भाई बहिनी सनाह र रुहानसँग पनि धेरै नजिक छन् ।
स्मृति ईरानी – शनेल ईरानी

टेलिभिजनदेखि राजनीतिसम्म आफ्नो पहिचान बनाइसकेकी स्मृतिले आफ्ना बाल्यकालका साथी जुबिनसँग विवाह गरेकी छिन् । जसको पहिले नै एक छोरी शनेल थिइन् । शनेल स्मृतिका दुई सन्तानसँगै स्मृतिसँग बस्छिन् । स्मृतिले आफ्ना सन्तानका साथै शनेललाई पनि निकै प्रेम गर्छिन् । स्मृति उनको सुन्दर तस्विर आफ्नो सोसल मिडियामा पनि बारम्बार शेयर गर्ने गर्छिन् ।
यी कलाकारहरु जसले सौतेनी आमालाई अपनाउन सकेनन्
श्रीदेवी – अर्जुन कपूर

बोनी कपूरले श्रीदेवीसँग विहे गर्न पहिलो श्रीमती मोना कपूरसँग सम्बन्ध विच्छेद गरेका थिए । त्यही समयबाट अर्जुन र अंकुशा बोनीबाट टाढा भएका थिए । दुबैले श्रीदेवीलाई आफ्नो बुवाको पत्नीको रुपमा स्वीकारे तर, उनीहरुले श्रीदेवीलाई कहिल्यै आमाको दर्जा भने दिएनन् । यद्यपी श्रीदेवीको मृत्युपछि अर्जुन श्रीदेवीकी छोरीहरु जान्हवी र खुशीसँग भने धेरै नजिक भएका छन् ।
हेमा मालिनी – सनी देओल र बबी देओल

पहिलो श्रीमती प्रकाश कौर हुँदा हुँदै धर्मेन्द्रले हेमा मालिनीसँग विवाह गरेर धर्म परिवर्तन गरेका थिए । यस विवाहका कारण परिवार नै छुट्टीयोे । समय बित्दै जाँदा बोबी र सनीको धर्मेन्द्रसँगको सम्बन्ध ठिक भयो तर, हेमालाई आजसम्म पनि अपानाएका छैनन् ।





























प्रतिक्रिया