आजदेखि गाडी चलाउन ‘टाइम कार्ड’, कुन समयमा कस्तो सवारी चलाउने पाउने ?

आजदेखि गाडी चलाउन ‘टाइम कार्ड’, कुन समयमा कस्तो सवारी चलाउने पाउने ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकाका चल्ने सवारीसाधनका लागि ‘टाइम कार्ड’ निर्धारण गरिएको छ ।

लकडाउनका वेला पनि सवारीको संख्या बढेपछि भीड नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवालाको छलफलले लकडाउन अवधिभर सवारी सञ्चालनमा कडाइ गर्न पास अनिवार्य गर्ने र ‘टाइम कार्ड’ लागू गर्ने निर्णय गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार आजदेखि पास भए पनि तोकिएको समयमा मात्र सवारी चलाउन पाइने भएको छ । आइतबारबाट खुल्ने सरकारी कार्यालयका कर्मचारीहरूले बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर फर्किन पाउनेछन् ।

यस्तै, बैंक  तथा वित्तीय संस्थाका कर्मचारीले बिहान ९ बजेदेखि साढे १० बजेसम्म जान र साढे तीन बजेदेखि पाँच बजेभित्र फर्किन पाउनेछन् ।

त्यस्तै, सामान्यतः खाद्यान्न, तरकारी, इन्धनलगायतका अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ । निर्माण सामग्री बोक्ने वा अन्य सामग्री बोकेका ठूला टिपर र ट्रकहरू भने बेलुकी ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै उपत्यका प्रवेश गर्न पाउनेछन् ।

पास भए पनि विनाकाममा यताउता हिँडिरहने वा एउटा काममा पास लिएर फरक प्रयोजनमा प्रयोग भएको पाइएमा कारबाही हुने उनले बताए । औषधि र खानेपानीका लागि भने टाइम कार्ड लागू हुनेछैन ।

सरकारले लकडाउनमा पनि विभिन्न ४४ प्रकारका उत्पादनमूलक उद्योगहरू खोल्ने निर्णय गरेसंगै उपत्यकामा सवारी चाप बढेपछि टाइम कार्ड लागू गरेको हो ।

Skip This
Skip This
Logo