भारतले नेपाली भूमिमा सडक बनाएको विरोधमा माइतीघरमा प्रदर्शन (भिडियोसहित)

भारतले नेपाली भूमिमा सडक बनाएको विरोधमा माइतीघरमा प्रदर्शन (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
भारत सरकारले नेपाली भूमि लिपुलेक र कालापानीमा सडक बनाएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ । भारत सरकारको उक्त कदमविरुद्ध प्रदर्शन गर्न माइतीघर पुगेको युवाहरुको समूहलाई प्रहरीले पक्राउ गरेको छ । नाराबाजी गर्दै माइतिघर पुगेका युवाहरुलाई त्यहाँ नपुग्दै प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद, लिपुलेक हाम्रै हो, भन्दै नाराबाजी’ गरेका थिए । यस्तै भारतीय दुतावास अगाडी प्रदर्शनका लागि पुगेका विद्यार्थीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । लैनचौरमा रहेको दुतावास अगाडी प्लेकार्डसहित प्रदर्शन गर्न पुगेका सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

 

Skip This
Skip This
Logo