अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई २६ अर्ब आर्थिक सहयोग गर्ने

अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई २६ अर्ब आर्थिक सहयोग गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोनासँग लड्न आर्थिक सहयोग दिने भएको छ । आईएमएफले नेपाललाई करिब २६ अर्व (२१ करोड ४० लाख अमेरिकी डलर) सहयोग गर्न लागेको हो । कोरोनाका कारण अर्थतन्त्र प्रभावित भएपछि नेपाल सरकारले ले आईएमएफसँग आर्थिक सहयोगका लागि आग्रह गरेको थियो । सोही आग्रहलाई मध्यनजर गर्दै आईएमएफले नेपाललाई आर्थिक सहयोग दिने घोषणा गरेको हो ।

बुधबार बसेको आईएमएफ बोर्ड बैठकले नेपाललाई दिइने आर्थिक सहयोग स्वीकृत गर्ने निर्णय गरेको हो । सो आर्थिक सहयोग शुन्य प्रतिशत ब्याजदरमा र्र्यािपड क्रेडिट फ्यासिलिटी (आरसीएफ) अन्तर्गत सो सहयोग दिन लागिएको आईएमएफले जनाएको छ । कोरोनाका कारण अस्तव्यस्त बनेको अर्थतन्त्र उकास्न र भुक्तानी सन्तुलन कायम गर्न सो ऋण सुविधा उपलब्ध गराइएको आईएमएफको भनाइ छ ।

आईमएफले बजेटरी सुविधा पाउने गरि आरसीएफ सुविधा दिएको हो । आइएमएफबाट बजेटरी सहयोगका लागि सामान्य अवस्थामा ऋण दिने गरिँदैन । आईएमएफले भूकम्प गएको बेलामा पनि यस्तो ऋण उपलब्ध गराएको थियो । यस्तो ऋण सुविधा उपलब्ध गराउँदा आईएमएफलाई ब्याज तिर्नु पर्दैन ।

आईएमएफले आरसीएफ अन्तर्गत आफ्ना सदस्य मुलुकहरुलाई कोटा अनुसार यस्तो ऋण सुविधा उपलब्ध गराउँदै आएको छ । यस्तो ऋण लिँदा सुरुको ५ वर्षसम्म किस्ता तिर्नु नपर्ने व्यवस्था छ ।

Logo