पूर्वसभामुख महरा आज संसदमा उपस्थित हुने

पूर्वसभामुख महरा आज संसदमा उपस्थित हुने

केन्द्रबिन्दु
0
Shares

बलात्कार मुद्दामा सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महरा आज बस्ने संसद् बैठकमा उपस्थित हुने भएका छन् ।

शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनमा उनी सहभागी हुन् लागेका हुन्। उनको कोरोना परीक्षण समेत भइसकेको छ।

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । सत्तारुढ नेकपा सचिवालयको निर्देशनमा महराले गत १४ आसोजमा पदबाट राजीनामा दिएका थिए । तर उनले संसद पदबाट राजीनामा दिएका थिएनन।

संसद् सचिवालयले भने उनको सांसद पद निलम्बन गरेको थियो। तर काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि सचिवालयले उनको निलम्बन फुकुवा गरेको थियो।

महरा अब नियमितरूपमा संसद बैठकमा सहभागी हुने भएका छन् । महरा दाङ क्षेत्र नम्बर २ का सांसद हुन्।

Skip This
Skip This
Logo