काठमाडौं ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको बैठक केही दिनमा बस्ने बताएका छन् । बिहिबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । आन्तरिक गृहकार्य नपुगेकाले बिहिबारका लागि बोलाइएको पार्टीको स्थायी कमिटी बैठक स्थगित भएको उनको भनाइ छ।
उनले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर स्थायी कमिटीको बैठक बोलाउने बताए । गत शनिबारको सचिवालय बैठकमा बैशाख २५ गते स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरिएको थियो ।
शनिबारको निर्णय अनुसार बिहिबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बबराहीमा बस्ने तय भएको बैठक बुधबारको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएसँगै स्थगित गरिएको थियो ।































प्रतिक्रिया