नेपालमा कोरोना संक्रमितको संख्या ९९, बुधबार मात्रै थप १७ संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ९९, बुधबार मात्रै थप १७ संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । बुधबार थप १७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेल मार्फत दिएको जानकारी अनुसार नयाँ संक्रमण पुष्टि हुनेमा  २ महिनाका शिशु समेत रहेका छन् । थपिएका सबै संक्रमित पर्सा जिल्लाका भएकाे मन्त्रालयले जनाएकाे छ । संक्रमितमध्ये १० पुरूष र ७ महिला रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको देवकोटाले  जानकारी दिए ।

त्यस्तै पूर्ण रुपमा निको भएर घर फर्किनेको संख्या २२ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार निको भएर घर फर्किनेको संख्या २२ पुगेको हो । प्रवक्ता डा. देवकोटाले दिएको जानकारी अनुसार देशभर १४ हजार ९६ पीसीआर परीक्षण गरिएको छ । भने ५२ हजार ९ सय ७० आरडीटि परीक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ९१ थप परीक्षण गरिएको छ । देशभर क्वारेन्टाइनमा रहेकाको संख्या १९ हजार ७ सय ३४ रहेको छ भने आइसोलेसनमा हुनेको संख्या १ सय ३६ रहेको छ । जसमा उपत्यकामा ७ र उपत्यका बाहिर १ सय २९ जना रहेका छन् ।

नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Skip This
Skip This
Logo