कोरोनाविरुद्ध फ्रन्टलाइनमा सक्रिय विश्वका ५ महिला

कोरोनाविरुद्ध फ्रन्टलाइनमा सक्रिय विश्वका ५ महिला

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस (कोभिड १९) को महामारीले यतिबेला विश्व समुदाय आक्रान्त छन् । संक्रमणबाट बच्न अधिकांश देशहरूमा लकडाउन घोषणा गरिएको छ ।

लकडाउनका कारण अहिले विश्वका अधिकांश जनसंख्या घरभित्रै छन् । तर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकहरु भने अहोरात्र कोरोनाविरुद्ध खटिरहेका छन् । उनीहरु आफ्नो ज्यानलाई नै जोखिममा राखेर बिरामीहरुको सेवामा तैनाथ छन् ।

राष्ट्रसंघीय नियोग युएन वुमनले हालै एउटा रिपोर्ट सार्वजनिक गरेको छ जसमा कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा काम गरिरहेका पाँच महिलाको नाम समावेश छन् । जसमा नेपालबाट डा.रुना झा पनि पर्न सफल भएकी छिन् । को को हुन् त ती ५ महिला ?

नेपालकी डा. रुना झा

नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक हुन् डा.रुना झा ।

उनको समुहले क्वारेन्टाइनमा प्रवेश गर्ने पहिलो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको भेट्टाएका थिए । चीनबाट १७५ जना नेपाली विद्यार्थीहरूलाई उद्धार गरेर ल्याउँदा सबैतिर त्रास थियो।  तर उनको टिमले भने निर्धक्क नमुना परिक्षण गरे।

“मेरो टोली नमुना लिन स्वयंसेवा गर्न कहिल्यै हिचकिचाएन । हामीले रातभर काम गर्यौं र भोलिपल्ट १ सय ७५ रिपोर्टहरु संकलन गर्यौं”। उनले आफ्नो अनुभव साटेकी छन् ।

उनी र उनको टोलीले दैनिक लगभग ७० वटा नमुनाहरू परिक्षण गर्दै आएका छन् । यसका साथै उनको टिमले अतिरिक्त समयमा पनि घण्टौं काम गरिरहेका छन् । “प्रयोगशालामा ढिलासम्म रहनु सामान्य भएको छ । प्राविधिक कार्यको अतिरिक्त मैले आफ्नो समुहको लागि यातायात र खानाको प्रबन्ध गर्ने जस्ता कुराहरु पनि व्यवस्थापन गर्नुपर्छ”, उनी भन्छिन् । उनको टोलीको ख्याल राख्नु डा. झाको लागि उच्च प्राथमिकता हो ।

महामारीमा महिनौंदेखि तीब्ररुपमा काम जारी छ । डा. झाले आफ्नो टोलीलाई सघाउन र मनोबल बढाउन सबैभन्दा ठूलो भूमिका खेलेकी छिन् ।

“यो हाम्रो लागि धेरै गाह्रो समय हो, र मैले उनीहरुलाई उत्प्रेरित गर्नुपर्दछ । म उनीहरुसँग कुरा गर्छु जब उनीहरु पनि निराश महशुस गरिरहेका हुन्छन् । म उनीहरुलाई भन्छु । बिरामीहरुको सुरक्षा गर्नु हाम्रो पहिलो प्राथमिकता हो” । उनी भन्छिन् ।

डा. झाको लागि रोजगारी पनि चुनौतीपूर्ण भएको छ । उनी आफ्नो छोरी र श्रीमानबाट अलग छिन् । किनभने उनीहरुलाई पनि संक्रमण सर्ने डर छ । उनी आफ्नो परिवारको जीवनलाई जोखिममा पार्न चाहँदिनन् , त्यसैले उनी एक्लै बस्छिन् । उनी हप्तामा तीन पटक आफ्ना बुबाआमा भेट्न जान्थिन् । तर, अहिले चाहेर पनि उनले आफ्ना बुबाआमालाई भेट्न सक्दिनन् । डा.झा भन्छिन् “म मेरो छोरीलाई अंगालो हाल्न चाहन्छु र मेरा बुबाआमाको हेरचाह गर्न चाहन्छु ।”

जोर्डनका अमल अल महायरा र हदील दाबैबेह 

जोर्डनका अमल अल महायरा र हदील दाबैबेह यस संकटको प्रतिक्रियासँग परिचित छन् । जोर्डनमा युएन वुमन क्षेत्रमा सहयोगीका रुपमा उनीहरुले कमजोर महिला र सिरियाली शरणार्थीहरुको लागि प्रत्येक दिन अत्यावश्यक र जीवन बचाउने सेवाहरु प्रदान गर्दछन् ।

काराभान्स समुदाय केन्द्रहरुबाट यी महिलाहरुले मोबाइल फोनहरुमा सुरक्षा प्रदान गर्दछन् । डिजिटल प्रविधिहरु प्रकोपको अवधिमा जोर्डनका असुरक्षित वुमन र शरणार्थीहरुको लागि निर्बाध सेवाहरु सञ्चालनको लागि एक अत्यावश्यक उपकरण भएको छ ।
जेण्डरमा आधारित २४सैं घण्टा हटलाइन पनि हिंसाको अनुभव गर्ने महिलाका लागि उपलब्ध छ ।

युएन वुमनले सिरियाली शरणार्थीहरुलाई सहयोग पुर्‍याउने कार्य जारी राख्न आफ्नो अभिनव ब्लकचेन नगद वितरण प्रणाली प्रयोग गरिरहेको छ । प्रत्येक शरणार्थीको खाता ब्लकचेनसँग जोडिएको छ जुन विश्व खाद्य कार्यक्रम द्धारा सञ्चालित सुपरमार्केटमा आईरिस स्क्यानिङ प्रणालीसँग जोडिएको छ । जसले शरणार्थीहरु कुनै राकतोक बिना पैसा खर्च गर्न सक्दछन् । उनीहरु लकडाउनमा खाना र आवश्यक आपूर्तिहरु सुरक्षित रुपमा खरिद गर्न सक्दछन् ।

चीनकी यान शेङलियान

यान शेङलियान चीनको उत्तरपश्चिम किङघाई प्रान्तमा उनको ग्रामिन गाउँ झियारुयाओको चौकीको पछाडि गर्वकासाथ उभिरहेकी छिन् । जब मानिसहरु आउँछन् र गाउँबाट जान्छन् यानले उनीहरुको शरीरको तापक्रम जाँच गर्छिन् र उनीहरुको सवारी जानकारी रेकर्ड राख्छिन् ।

उनको कर्तव्य नयाँ कोरोनाभाइरसको संक्रमण कम गर्न आवश्यक जानकारी प्रदान गर्नु हो । यो कार्यहरु उनका लागि नयाँ हुन् । किनकी उनी मेडिकल पृष्ठभूमिबिना सेवामा खटिरहेका धेरै महिलाहरु मध्ये एक हुन् । जसले चीनमा कोभिड १९ विरुद्ध लड्न सामिल भएकी छिन् ।

यान व्यापारको हिसाबले सुँगुर किसान हुन् । उनको गाउँमा धेरै महिलाहरु सार्वजनिक मामिलामा भाग लिनु पुरुषको काम हो भनेर सोच्थे । २०१९ मा सीप प्रशिक्षणको एक श्रृंखलामा भाग लिएपछि उनको दृष्टिकोण परिवर्तन भयो।

यु.एन. वुमन सहयोगी कार्यक्रमको हिस्साका रुपमा यानले सुँगुरहरुलाई कसरी जैविक रुपमा हुर्काउने, अनलाइन प्लेटफर्ममा आफ्नो गाईबस्तु कसरी बेच्ने भन्ने कुरा पत्ता लगार नेतृत्व प्रशिक्षण प्राप्त गरिन् ।

“केही पुरुषहरु यसलाई स्वीकार गर्न चाहँदैनन् तैपनि उनीहरु चुपचाप मेरो विधिहरु अनुकरण गर्दैछन्” । उनी भन्छिन् ।
उनको क्षमतालाई अब कुनै प्रश्न गर्दैनन् । उनको गाउँले सामुदायिक पहलमा महिलाको नेतृत्वलाई बढी स्वीका¥यो । कृषक र एक समुदाय स्वयंसेवकको रुपमा उनको भूमिका महत्वपूर्ण छ । यानले आफ्नो समुदायमा सेवाहरु दिइरहेकी छिन् । साथै कोभिड १९ को संक्रमण रोक्नको लागि कदम चालेकी छिन् ।

कजाखस्तानकी दीना स्मेलोवा 

क्वारेन्टाइन भन्दा पहिले कजाखस्तानको नेमोल्ची (डुनट किप साइलेन्ट) मुभमेन्टद्वारा संचालित हेल्पलाइनले मुख्यतया यौन हिंसा पीडितहरुको कलहरु प्राप्त गर्यो । एक दिनमा फोनको घण्टी १० देखि १५ पटकसम्म बज्छ । ती लगभग सबै कलहरु घरेलु हिंसाबाट पीडित महिलाहरुको हो ।

भाइरसको फैलावटलाई कम गर्न कन्टटेन्मेन्ट उपायहरुको कारणले हिंसात्मक साझेदारीहरुको साथ महिलाहरु आफुलाई मद्दत गर्न सक्ने व्यक्ति र स्रोतबाट अलग भएका छन् ।

“महिलाहरु पुलिसलाई खबर दिन तयार छैनन् । उनीहरु आइसोलेसनमा बसिरहेका छन् । ठूला परिवारमा आफ्ना पतिका बुबाआमा र अन्य आफन्तहरु पनि एउटै घरमा बस्छन्” । नेमोल्ची मुभमेन्टका नेता साथै प्रख्यात कजाकिस्तानका कार्यकर्ता दीना स्मेलोवा भन्छिन् ।
गत दुई वर्षमा नेमोल्चीले १ सय २० महिलालाई निःशुल्क कानुनी सहयता प्रदान गरेको छ । जसमा ४७ वटा मुद्दा बलात्कारको दोषी साबित भएको छ ।

तर, कोभिड १९ को संकटले दीनालाई चिन्ता थप्ने नयाँ चुनौतीहरु खडा गर्यो । उनी भन्छिन् “क्वारेन्टाइनको अवधिमा अदालतले काम गर्दैन । मुद्दाहरु दर्ता हुदैन । अपराध गर्ने व्यक्तिहरुलाई अलग गरिएको छैन । महिलाहरु उनीहरुलाई दुव्र्यवहार गर्नेहरुसँग बस्नुपरेको छ” ।
गम्भीर अवस्थाको बाबजुद दीना न्याय र नीतिहरुको लागि जोड दिन्छिन् । जसले महिलालाई अझ राम्रो सुरक्षा दिन्छ । कजाकिस्तानमा घरेलु हिंसा अपराधमा कोभिड १९ को संकटले महिलालाई चोट पुर्‍याइरहेको छ ।

क्यालिफोनियाकी र्‍यानसिया हेनरी

र्‍यानसिया हेनरीले हाउसकीपिङका निर्देशकको रुपमा काम गर्ने क्यालिफोर्नियाको होटल कोभिड १९ को प्रकोपको कारण बन्द भयो । उनले एन्टिगुवा बार्बुडामा आफ्नी आमालाई फोन गरिन् । “अब घर फर्किनु उनकी आमाले रुन्चे स्वरमा भनिन्” “म तिमी सुरक्षित भएको देख्न चाहन्छु”।

तर, र्‍यानसियाको आफ्नै देश फर्कन असम्भव साबित भयो किनकी यस टापुको लागि अन्तराष्ट्रिय उडानहरु बन्द गरिएको थियो । त्यसैले उनी अमेरिकामा एक्लै थिइन् ।

र्‍यानसिया लाखौं कामदारहरु मध्येको एक हुन् । उनलाई चिन्ता छ कि यस संकटको दिर्घकालीन प्रभावले उनको परिवार, स्टाफ र साथीहरुमा असर पर्छ । धेरै प्रवासी कामदारहरु जस्तै उनी पनि आफ्नो परिवारलाई आर्थिक सहयोग गर्ने थप जिम्मेवारी वहन गर्छिन् ।
“आर्थिक प्रभाव हस्पिटालीटीमा एक्लो यति आश्चर्यजनक रहेको छ । म यो संकट कति लामो हुन्छ भन्ने चिन्तामा छु। आर्थिक हिसाबले ठीक छु तर पनि कस्तो प्रकारको निर्णय लिने भनेर अन्योलमा छु । मेरो टोलीलाई पनि त्यस्तै चिन्ता छ । म पनि आमालाई सहयोग गर्न केही रकम घरमा पठाउँछु । तर अब कसरी भुक्तानी गर्ने भन्ने बारे चिन्तित छु” । र्‍यानसियाले शेयर गरिन् ।

उनको चिन्ता यति मात्र छैन । उनी आफ्नो टापुको बारेमा चिन्तित छिन् । “म कोभिड १९ को अवधिमा सीमित स्रोत भएका साना देशहरुका लागि डराएको छु । एन्टिगुवा पर्यटनको मुख्य उद्योगको रुपमा निर्भर गर्दछ । होटल र एयरपोर्टहरु बन्द गरेर मूलतः हाम्रो मुख्य उद्योग बन्द भएको छ” । उनी भन्छिन् ।

उनी शारीरिक दुरीको पालना गर्छिन् र भाइरस फैलावट रोक्न घरमै बस्छिन् । ¥यानसिया आशावादी छिन् । उनी परिवारसँग कुरा गर्छिन् । सामाजिक मिडियामा सहयोगी सन्देशहरु सार्वजनिक गर्छिन् । एन्टिगुवा बार्बुडामा हस्पिटालिटी उद्योगमा उनका साथीहरुसँग उत्तम अभ्यासहरु आदानप्रदान गर्छिन् ।

“मलाई थाहा छ टापुका मानिसहरु कति लचिलो हुन्छन् । म पनि टापुमा जन्म भएकोले अतिथि सत्कार र लचिलोपना मेरो जगमा छ” । उनी भन्छिन् ।

Logo