अर्घाखाँची । अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेकाहरुलाई योग तथा तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीले पाणिनि र छत्रदेव गाउँपालिकामा क्वारेन्टाइनमा बसेकाहरुका लागि योग कार्यक्रम चलाएको हो ।
क्वारेन्टाइनमा बसेकाहरुका लागि योग, प्राणायाम, नृत्य, हास्यलगायत विविध विषयमा प्रशिक्षण दिइएको जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा. अर्जुन शर्माले जानकारी दिए ।
त्यस्तै क्वारेन्टाइनमा रहेका व्यक्तिबाहेक स्वास्थ सुरक्षाकर्मीका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न अमला, गुर्जो र तुलसी, ज्येष्ठ नागरिकका लागि अश्वगन्धा र सुत्केरीका लागि दुग्धबर्धक सतावरीलगायत आयुर्वेदिक औषधि वितरण गरिएको कविराज कमलप्रसाद आचार्यले जानकारी दिए ।–रासस































प्रतिक्रिया