बाँके ।
बाँकेमा एकै दिन १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएपछि कांग्रेसले परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार विज्ञप्तिमार्फत बाँके क्षेत्रलाई उच्च सतर्कताका साथ लिन आग्रह गर्दै यथेष्ट स्वास्थ्य सामग्री उपलब्ध गराउनसमेत माग गरेका छन् ।
उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेरै बाँके जिल्लामा विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्न आग्रह गरेका हुन् ।
‘संक्रमितहरू अरू थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुन सक्ने भएकाले उनीहरूको तत्काल खोजी गरी परीक्षण गर्न र थप संक्रमण फैलिन नदिन आग्रह गर्छु’ खाँणले भनेका छन् । रूपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ मा भारतबाट आएका युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको उल्लेख गर्दै खाँणले संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिन पनि आग्रह गरेका छन् ।कान्तिपुरबाट































प्रतिक्रिया