वजेटमा असंगठित मजदूरलाई समेट्न मागदेखि कोरोना परीक्षण सुस्तसम्म (भिडियोसहित)

वजेटमा असंगठित मजदूरलाई समेट्न मागदेखि कोरोना परीक्षण सुस्तसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये साना तथा मझौला उद्योग र असंगठित क्षेत्रका मजदूरलाई सम्बोधन हुने गरी बजेट ल्याउन सासंदहरुले माग गरेका छन् । प्रतिनिधि सभा अन्तगर्तको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफलमा सांसदले सो माग गरेका हुन् । लकडाउनका कारण साना उद्योग र असंगठित क्षेत्रका श्रमिकहरु समस्यामा परेकाले बजेटमा सम्बोधन हुनुपर्ने उनीहरुको भनाइ छ ।

त्यस्तै अमेरिकन आइडलको १८ औँ संस्करणमा नेपाली युवा दिवेश पोखरेल टप १० मा पर्न सफल भएका छन् । जोन डेनभरको गीत ‘कन्ट्री रोड’ गाउँदै उनी टप १० मा पर्न सफल भएका हुन् । २१ वर्षे दिवेश नेपालमा प्लस टु पूरा गरेर अमेरिका गएका थिए ।

कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरिय समन्वय समितिको सुझावमा देशलाई तीन क्षेत्रमा विभाजन गरी लकडाउनको मोडल बनाउने तयारी भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार ७७ जिल्लालाई ३ क्षेत्रमा विभाजन गरी लकडाउन जारी राख्ने तयारी भइरहेको छ ।

त्यस्तैगरी पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरणको आरोप लागेका नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । उनीहरुले सोमबार आयोगको कार्यालय पुगेर आफूहरू निर्दोष रहेको भन्दै छानबिनका लागि निवेदन दिएका हुन् । साथै, अपहरणको आरोप लगाउने डा. यादवले पनि सांसद बस्नेत, श्रेष्ठ र पूर्वआइजीपी खनाल विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा निवेदन दर्ता गरेका छन् ।

नेपालमा अहिलेसम्म आरडीटि र पीसीआर गरी कोरोना भाइरसको परीक्षण  कूल ६४ हजार ४ सय ८५ गरिएको छ । यस हिसाबले हेर्दा परीक्षण द्रुत गतिमा हुन नसकेको चिकित्सकहरुले बताएका छन् । सरकारले आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन नसक्दा परीक्षण तीव्र हुन नसकेको उनीहरुको भनाइ छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Skip This
Skip This
Logo