काठमाडौं । दिउसो ४ बजे बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक ५ बजेपछि मात्रै बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य व्यस्तताका कारण बैठक एक घन्टापछि सरेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले आज पार्टी उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् । ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।
यसअघि सचिवालय बैठक बुधबार बसेको थियो । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि सचिवालय बैठक बोलाइएको हो । ३ घण्टा बसेको बुधबारको सचिवालय बैठकमा कुनै ठोस निर्णय हुन नसकेपछि बैठक आज बस्ने गरि सकिएको थियो ।
सरकारले अध्यादेश जारी तथा फिर्ता गरेपछि पार्टीभित्रको विवाद सतहमा आएको हो । पछिल्लो समय नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।































प्रतिक्रिया