चीनले कोरोना बनाएको ट्रम्पको दावीदेखि लकडाउन खुकुलो पार्ने तयारीसम्म (भिडियोसहित)

चीनले कोरोना बनाएको ट्रम्पको दावीदेखि लकडाउन खुकुलो पार्ने तयारीसम्म (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । हामीले चैत ११ गतेदेखि होम क्वारेन्टाइनमा बसेर बुलेटिन प्रस्तुत गर्दै आएका छौँ । आज पनि हामीले महत्वपूर्ण समाचारहरू प्रस्तुत गरेका छौँ ।

आजका प्रमुख समाचारहरुमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको प्रयोगशालामा कोरोना भाइरस बनेको भन्ने आफ्नो भनाइ दोहो¥याएका छन् । बिहिबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले गल्तीवश चीनले उक्त भाइरस बनाएको वा कसैले केही उद्देश्यका साथ बनाएको हुन सक्ने बताएका हुन् ।

त्यस्तै अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले कोरोना भाइरसको महामारीले विश्वभर दुई अर्ब ७० करोड मजदूर प्रभावित बनेको जनाएको छ  । आइएलओका अनुसार विश्वभरका तीन अर्ब ३० करोड जनशक्तिमध्ये दुई अर्ब मजदुर अनौपचारिक क्षेत्रमा काम गर्छन् । उनीहरूमध्ये एक अर्ब ६० करोडको जीविका कोरोनाले खोसेर भोकभोकै बस्नुपर्ने अवस्थामा पु¥याएको उल्लेख गरेको छ ।
सरकारले असंगठित क्षेत्रका मजदूरको दैनिकीमा समस्या परेपछि रोजगार उपलब्ध गराउने भएको छ । सरकारले रोजगार विहिन मजदूरलाई विकास निर्माणका काममा लगाउने निर्णय गरेको हो ।

त्यस्तैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले शीर्ष नेतासँग भेटवार्ता गरेकी छिन् । चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका दुई शीर्ष नेता प्रचण्ड र माधवकुमार नेपालसँग शुक्रबार भेटवार्ता गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । शुक्रबार राष्ट्रिय सभाअन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी लकडाउन खुकुलो हुन सक्ने संकेत गरेका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Skip This
Skip This
Logo