बलिउड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको बिहीबार निधन भएको अभिनेता अमिताभ बच्चनले पुष्टि गरेका छन् ।
‘उनी गए.. ऋषि कपूर… गए..अहिले भर्खर बिते…म विक्षिप्त भएको छु ।’ उनले लेखेका छन्।
कपूर गएको सेप्टेम्बरमा अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएका थिए । उनी क्यान्सरको उपचारका लागि अमेरिकामा एक वर्ष बसेका थिए ।
६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो ।
T 3517 – He’s GONE .. ! Rishi Kapoor .. gone .. just passed away ..
I am destroyed !— Amitabh Bachchan (@SrBachchan) April 30, 2020
यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो ।































प्रतिक्रिया